Logo

सोचेजस्तो नतिजा नआए पनि खेल राम्रो भयो: कप्तान पौडेल



काठमाडौँ, १८ असोज । चीनमा चलिरहेको १९ औँ एसियाली खेलकुद प्रतियोगितामा सहभागी भई नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ ।

क्वाटरफाइनलमा भारतसँग पराजित भएको नेपाली क्रिकेट टोली बिहीवार स्वदेश फर्किएको हो ।

स्वदेश फर्किएपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले सोचेजस्तो नतिजा नआए पनि खेल राम्रो भएको प्रतिक्रिया दिए । अन्तिम ओभरमा फिल्डिङमा कमजोरी भएकाले भारतसँग हार बेहोर्नु परेको उनले बताए ।

कप्तान पौडेलले विश्व कीर्तिमान बन्दा टिम धेरै नै खुशी भएको बताए । आउँदा दिनमा बलिया देशहरूसँग खेल्न पाए र झनै अभ्यास गर्न पाए खेल्न सहज हुने उनको विश्वास छ ।

प्रतियोगितामा सहभागी भई स्वदेश पर्किएको नेपाली क्रिकेट टिमलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ब्यान्ड बाजासहित स्वागत गरिएको थियो । एसियाली खेलकुदमा नेपाल क्वाटरफाइनलमा भारतसँग २३ रनले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिए पनि नेपालले पहिलो खेलमा मङ्गोलिया र दोस्रो खेलमा माल्दिभ्सलाई फराकिलो अन्तरले हराएको थियो ।

प्रतिक्रिया दिनुहोस्