Logo

सोमबारसम्म मन्त्रालय टुंगो लाग्छ: मुख्यमन्त्री कार्की



विराटनगर, ५ माघ । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमबारसम्म मन्त्रालय टुंगो लगाउने बताएका छन् ।

आज पत्रकार महासंघ प्रदेश १ समितिसँगको भेटघाटमा उनले यस्तो बताएका हुन् ।

मुख्यमन्त्री कार्कीले सोमबारसम्म मन्त्रीहरूको जिम्मेवारी तोकिने बताउँदै ९ वटाभन्दा बढी मन्त्रालय नराखिने दावीसमेत गरे । उनले गठबन्धन सरकार भएकाले समझदारीमा अगाडि बढ्नेसमेत बताए ।

मुख्यमन्त्री कार्कीले पुस २५ गते प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष शप थग्रहण गरेका थिए भने उनी नियुक्त भएयता सात जना विना विभागीय मन्त्री नियुक्त गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्