Logo

सोमालियामा बम विष्फोट: एक सय जनाको मृत्यु, तीन सय जना घाइते



सोमालिया, १३ कात्तिक । सोमालियाको राजधानी मोगादिसुको व्यस्त चोकमा शनिबार भएको आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या १०० पुगेको राष्ट्रपति हसन शेख मोहमुदले पुष्टि गरेका छन् ।

“अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या १०० पुगेको छ र ३०० जना घाइते भएका छन् । साथै मृत्यु र घाइते दुवैको सङ्ख्या अझै बढिरहेको छ,” उनले भने । यद्यपि प्रत्यक्षदर्शीहरूले भने आक्रमणमा मारिनेको सङ्ख्या १०० भन्दा बढी पुगिसकेको बताएका छन् ।

सोमालियाको व्यस्त जोब जक्सन नजिकै केही मिनेटको अन्तरालमा विस्फोटक पदार्थले भरिएका दुई वटा कारमा बम विष्फोट भएको थियो भने सोमालियाको शिक्षा मन्त्रालयलाई लक्षित गरी गोली चलाइएको थियो ।

शनिबार दिउँसोको विस्फोटनले नजिकैका भवनका झ्यालहरू भत्किएका, धुवाँ र धूलोको मुस्लो हावामा उडेको देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्