Logo

सोलुमा आगलागी हुँदा पाँच घर जलेर नष्ट



सोलुखुम्बु, ५ पुस । सोलुखुम्बुमा आगलागी हुँदा पाँच घर जलेर नष्ट भएको छ ।

जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका-१ स्थित नेले बजारमा आज अपराह्न ४ बजेदेखि सुरु भएको आगोले पाँच घरमा क्षति पु¥याएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

स्थानीय बुद्धिबहादुर कार्कीको घरबाट विद्युत् सर्ट भएर सुरु भएको आगोले बुद्धिबहादुरको घरसहित कल्पना बस्नेत, रमेश बस्नेत र गणेश बस्नेतको घर नष्ट भएको छ ।

प्रणय राईको घरमा आगो प्रवेश गरेको छ । आगो नियन्त्रणका लागि अहिले स्थानीय र प्रहरीले पहल गरिरहेका छन् । सल्लेरीबाट नगरपालिकाको दमकल झिकाएको वडाध्यक्ष घनराज सुनुवारले बताए ।

घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्