Logo

सोलुुखुम्बुमा एक वर्षमा २३ जना विदेशी पर्यटकको मृत्यु



सोलुुखुम्बु, १७ साउन । सोलुुखुम्बुमा एक वर्षमा २३ जना विदेशी पर्यटकको ज्यान गएको छ । तीन जना बेपत्ता भएका छन् ।

आर्थिक वर्ष २०७९/८० मा सगरमाथा क्षेत्र घुम्न पुगेका २३ जना विदेशी पर्यटकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

ज्यान गुमाउनेमा मेक्सिकोका पाँच जना, भारतका चार जना, फ्रान्स र क्यानडाका दुई-दुई जना रहेका छन् ।

यस्तै बेलायत, दक्षिण कोरिया, स्लोभाकिया, जापान, अष्ट्रेलिया, अमेरिका, माल्डोवा, मलेसिया, चीन र हंगेरीका एक-एक जनाले पनि ज्यान गुमाएका छन् ।

मेक्सिकोका पाँच जनाले हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका हुन् भने बाँकीले माथिल्लो क्षेत्रमा लेक लागेर तथा अरु दुर्घटनामा परेर ज्यान गुमाएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक राम किशोर शाहले जानकारी दिए ।

अष्ट्रेलिया, मलेसिया र सिंगापुरका एकरएक जना गरी तीन जना पर्यटक जेठ ५ गतेदेखि सगरमाथाको आधार शिविर क्षेत्रबाट हराइरहेका उनले बताए ।

प्रतिक्रिया दिनुहोस्