Logo

स्कटल्यान्डमाथि नेपालकाे सानदार जित



काठमाडौँ, ५ फागुन । । आईसीसी विश्व कप क्रिकेट लिग-२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले स्कटल्यान्डमाथि सानदार जित निकालेको छ ।

स्कटल्यान्डले दिएको २ सय ७५ रनको लक्ष्य नेपालले ४७ ओभरमा ७ विकेट गुमाएर भेटायो ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरी र कुशल मल्लले उत्कृष्ट ब्याटिङ गरे । कुशल ६७ बलमा ८१ रन बनाएर आउट भए भने दीपेन्द्रले १ सय १६ बलमा नटआउट ८५ रन बनाए ।

यस्तै सोमपाल कामीले नटआउट २४ रन बनाए । बलिङतर्फ स्कटल्यान्डका क्रिस सोल र मार्क वाटले ३-३ विकेट लिएका थिए ।

यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ७४ रन बनायो । स्कटल्यान्डका लागि माइकल लिस्कले ८५ बलमा १ सय ७ रन बनाए ।

यस्तै आजको खेलमा डेब्यु गरेका ज्याक जार्किभले २६ रन बनाए । ब्राण्डन म्याकमुलान र क्रिटोफर म्याकमुलनले समान २२ रन बनाएका थिए ।

बलिङतर्फ नेपालका सन्दीप लामिछानेले ३ विकेट लिए । त्यस्तै कुशल मल्लले २ तथा सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले समान १-१ विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्