Logo

स्कटल्यान्डसँग खेल्दै नेपाल



स्कटल्यान्ड, २९ असार । आईसीसी विश्व कप क्रिकेट लिग-२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले आज बुधवार घरेलु टोली स्कटल्यान्डसँग खेल्दैछ । खेल दिउँसो पौने ४ बजे सुरु हुनेछ ।

शृङ्खलाका लागि स्कटल्यान्ड पुगेको नेपालले आज दोस्रो खेल खेल्न लागेको हो । यसअघि सोमवार भएको पहिलो खेलमा नेपाल नामिबियासँग ४० रनले पराजित भएको थियो ।

नेपाल अङ्क तालिकाको छैटौँ स्थानमा छ । स्कटल्यान्ड अङ्कतालिकाको दोस्रो स्थानमा छ । नामिबिया पाँचौँ स्थानमा छ

प्रतिक्रिया दिनुहोस्