Logo

स्कटल्यान्डसँग नामिबिया पराजित



काठमाडौँ, ३ फागुन । आईसीसी विश्व कप क्रिकेट लिग-२ अन्तर्गत स्कटल्यान्डले नामिबियालाई १० विकेटले हराएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नामिबियाले दिएको एक सय ५४ रनको लक्ष्य स्कटल्यान्डले २२ ओभर १ बलमा कुनै पनि विकेट नगुमाई भेटायो । उसका जर्ज मुन्शेले १ सय ३ र केल कोट्जरले ४६ रन बनाए ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नामिबिया ३९ ओभर २ बलमा १ सय ५३ रनमा अलआउट भयो । नामिबियाका लोह्यान्ड्रे लरेन्सले ५४ र बेर्नाड स्कोल्टेजले ३० रन बनाए । स्कटल्यान्डका मिचेल लेक्सले ४ तथा सफियान सरिफ र मार्क वाटले समान ३-३ विकेट लिएका थिए ।

मङ्गलवार भएको खेलमा नामिबिया घरेलु टोली नेपालसँग पराजित भएको थियो । यो शृङ्खलामा नेपाल, नामिबिया र स्कटल्यान्ड रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्