Logo

स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु



भक्तपुर, २५ असोज । भक्तपुर नगरपालिका-१ सल्लाघारीको खानेपानी कार्यालय नजिकै सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

दुवाकोटबाट सल्लाघारीतर्फ जाँदै गरेको बा६९प ९१० नंको स्कुटरले ठक्कर दिई दुर्घटना हुँदा पैदलयात्री भक्तपुर नगरपालिका-१ सल्लाघारी बस्ने ६८ वर्षीया भुलिमाया धुगुछुको मृत्यु भएको हो ।

प्रहरीले उक्त स्कुटर र स्कुटर चालक दोलखा तामाकोशी गाउँपालिका-४ घर भई हाल चाँगुनारायण नगरपालिका-१ दुवाकोट बस्ने ३६ वर्षीय यम खड्कालाई पक्राउ गरी अनुसन्धान गरिरहेको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्