Logo

स्कुटरले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु



काठमाडौँ, २४ मंसिर । मध्यपुरथिमि नगरपालिका-९ बोडे मनहरा पुल नजिकै स्कुटरले ठक्कर दिँदा आज एक पैदलयात्रीको मृत्यु भएको छ ।

मूलपानीबाट बाडे आउँदै गरेको बा ७६ प ९०३५ नंको स्कुटरले ठक्कर दिँदा चितवन भरतपुर महानरपालिका घर भई हाल मध्यपुरथिमि नगरपालिका-९ बोडे बस्ने ४४ वर्षीय सन्तबहादुर श्रेष्ठको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।

दुर्घटनापछि घाइते श्रेष्ठको उपचारका लागि मध्यपुर अस्पताल लगिएकामा त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि नर्भिक अस्प्ताल लगिएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको पाण्डेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्