मकवानपुर, ९ कार्तिक । मकवानपुरमा स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक पुरुष घाइते भएका छन् ।
काठमाडौँ कुलेखानी हेटौँडा सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका वडा नं ६ जुरीखेतमा काठमाडौँबाट हेटौँडा आउँदै गरेको ०२-०२७-प ४८४२ नं को स्कुटर बुधबार दुर्घटना भएको थियो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार स्कुटर चालक काठमाडौँ महानगरपालिका-२७ बस्ने वर्ष ६५ का शशीराज पाण्डे घाइते भएका र उनको उपचार हेटौँडा अस्पतालमा भइरहेको छ उनकी पत्नी ६२ वर्षीया राज्यश्री थापा क्षेत्रीको हेटौँडा अस्पतालमा उपचारका क्रममा साँझ करिब ७:३० बजे मृत्यु भएको हो ।
उनका अनुसार काठमाडौँबाट हेटौँडा आउने क्रममा जुरिखेतको ओरालोमा स्कुटर अनियन्त्रित भई सडकबाट करिब एक सय मिटर तल खसेको थियोे ।






