Logo

स्कुटर पल्टिँदा चालकको मृत्यु



काठमाडौँ, १९ वैशाख । काठमाडौँको बबरमहलमा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

गएराति पौने १२ बजे बा ६१ प ८९८८ नम्बरको स्कुटर अनियन्त्रित भएर पल्टिँदा चालक डडेलधुरा घर भइ काठमाडौँको कोटेश्वर बस्ने २६ वर्षका केविन श्रेष्ठको ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका श्रेष्ठको वीर अस्पतालमा उपचारका क्रममा राति पौने २ बजे मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्