Logo

स्थगित भएका क्याम्पसमा आउँदो १२ गतेभित्र स्ववियु चुनाव गर्न निर्देशन



काठमाडौँ, ६ चैत । त्रिभुवन विश्वविद्यालय त्रिविले स्थगित भएका क्याम्पसमा आउँदो १२ गतेभित्र स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव गर्न निर्देशन दिएको छ ।

त्रिविका उपकुलपति प्राध्यापक डाक्टर धर्मकान्त बास्कोटाले आउँदो १२ गतेदेखि परीक्षा सञ्चालन हुने भएकाले त्योभन्दा अगाडि नै चुनाव गर्न निर्देशन दिएका हुन् ।

उनले रोकिएका क्याम्पसमा आपसी सहमति गरी निर्वाचन प्रक्रिया अगाडि बढाउन आग्रह गरेका छन् ।

उनले केही क्याम्पसमा विद्यार्थी सङ्गठनको सामान्य विवादका कारणले मतदान स्थगन गर्नु परे तापनि धेरैजसो क्याम्पसमा शान्तिपूर्णरुपमा चुनाव सम्पन्न भएको बताए । १४ वर्षपछि हिजो त्रिविका आङ्गिक र सम्बन्धन प्राप्त धेरैजसो क्याम्पसमा चुनाव भएको थियो ।

६२ आङ्गिक क्याम्पसमध्ये १३ क्याम्पसमा चुनाव रोकिएको छ । आइतबार चुनाव भएका कतिपय क्याम्पसमा अन्तिम परिणाम आइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्