धादिङ, ४ असार । धादिङको धार्केमा स्थानीयले ट्रकबाटै रासायनिक मल खोसेका छन् ।
काठमाडौँ जाँदै गरेका २ वटा ट्रक रोकेर स्थानीय किसानले रासायनिक मल लगेको विवरण प्राप्त भएको धादिङका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिए । घटनाको विस्तृत विवरण आइसकेको छैन ।
ट्रकमा रहेको मल सबै प्रक्रिया पूरा गरेर काठमाडौँ लगिँदै थियो या कर छलिको थियो भन्ने विषयमा अनुसन्धान भइरहेको डीएसपी भण्डारीले बताए ।