काठमाडौं, १५ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय तहहरूको अधिवेशनका लागि विभिन्न जिल्लामा केन्द्रीय पर्यवेक्षक तोकेको छ ।
राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार स्थानीय तहका अधिवेशन व्यवस्थित, मर्यादित र विवादरहित ढंगबाट निर्धारित समयभित्रै गर्न पार्टीको विधान र केन्द्रीय कार्यसम्पादन समितिको निर्णयअनुसार केन्द्रीय पर्यवेक्षक तोकिएका हुन् ।