काठमाडौँ, ११ असार । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले स्थानीय तहको निर्वाचनको नतिजाले एमालेलाई चुनाव जित्न सहज भएको बताएका छन् ।
नेपाल मुस्लिम इत्तेहाद संगठनको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘ गठबन्धन भएको स्थानमा एमालेको धेरै मत आएको छ । स्थानीय चुनावको परिणामले एमालेलाई चुनावको सामना गर्ने सामर्थ्य बढेको देखियो । अब केही प्रतिशत मत वृद्धि गर्ने हो भने स्वभाविक रुपमा चुनाव सजिलै जित्नसक्ने आधार तयार भइसकेको छ । चुनावबारे चिन्ता गर्नुपर्ने छैन । जति ठुलो गठबन्धन त्यति धेरै सामर्थ्य हुन्छ ।’
गठबन्धनले स्थानीय तहको निर्वाचनमा सत्ताको चरम दुरुपयोग गरेको आरोप लगाए । मतदानको बेलामा पुलिस प्रशासन लगाएर गठबन्धनले धाँधली गरेको उनले बताए। आफ्ना कार्यकर्ताहरूमाथि प्रहरी लगाएर थुनेको समेत उनको आरोप छ ।







