Logo

स्थानीय तहको निर्वाचनपछि देशमा राम्रा दिन सुरु हुन्छ: ओली



काठमाडौँ, २१ चैत । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनपछि देशमा राम्रो दिनको सुरुवात हुने बताएका छन् ।

अध्यक्ष ओलीले स्थानीय तह चुनावपछि आफ्नो पार्टी आउने र देशका लागि राम्रो दिनको सुरुवात हुने दाबी गरेका हुन् ।

निर्यात उद्योग व्यवसायी महासङ्घ नेपालले सोमवार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सङ्घीय संसद्को निर्वाचनपछि भने आफ्नो पार्टी सरकारमा आउने भएकाले पूरै राम्रो दिन आउने जिकिर गरेका थिए ।

अध्यक्ष ओलीले भने, ‘स्थानीय तह निर्वाचनपछि राम्रा दिन सुरु हुन्छ । पछिको निर्वाचनबाट झ्याप्पै राम्रा दिन आउँछ ।’

प्रतिक्रिया दिनुहोस्