Logo

स्थानीय तहको निर्वाचनपछि देशमा विकासको लहर आउँछ: ओली



हुम्ला, ४ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनपछि देशमा विकासको लहर आउने दाबी गरेका छन् ।

एमाले हुम्लाले आइतवार आयोजना गरेको कार्यक्रममा उनले यस्तो दाबी गरेका हुन् ।

अध्यक्ष ओलीले नागरिकको आर्थिक, सामाजिक तथा समग्र विकासका लागि आफ्नै कार्यकालमा एमाले सरकारले ठूला योजना अघि सारेको पनि बताए ।

आफू प्रधानमन्त्री हुँदा हुम्लासहित देशभरका जिल्लामा विकास निर्माणले तीव्र गति लिए पनि गठबन्धनको सरकार आएपछि सुस्ताएको आरोप लगाउँदै एमाले अध्यक्ष ओलीले देशको विकास निर्माणले सात महिनापछि फेरि फड्को मार्ने दाबी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्