Logo

स्थानीय तहको निर्वाचनमा आँकलन गरेअनुसारको मत ल्याउन सकेनौ: नेपाल



काठमाडौँ, १२ असार । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचनमा आफूहरूले आँकलन गरेअनुसारको मत ल्याउन नसकेको बताएका छन् ।

अखिल नेपाल महिला संघले आयोजना गरेको कार्यक्रममा उनले आफूहरूसँग २० लाख भोट रहेको बताए ।

“अहिलेको निर्वाचनमा हामीले २८ प्रतिशत सिटमा मात्रै उमेदवारी दिएका थियौँ । २८ प्रतिशत उमेदवारी दिएका ठाउँबाट हामीले ९ लाख २७ हजार मत पाएका छौँ,” उनले भने, “कम्तिमा पनि यसको दोब्बर २० लाख भोट पाउन सक्ने रहेछौंँ । जबकि, सबै ठाउँमा संगठन पुर्‍याउन सकेका छैनौँ ।” मत बदर भएका कारण आफूहरूले तुल्सीपुर, इटहरी र काठमाडौँको उपमेयरमा हारेको बताए ।

उनले गठबन्धन दलका घटकहरूले शक्तिको अवमूल्यन गरेको आरोप लगाए । गठबन्धनबाट अपमान गरेको पनि बताए । गठबन्धनका नेताहरूले बेवास्ता भएको स्वीकार गरेको समेत उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्