झापा, १३ वैशाख । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि झापामा २ हजार ९१४ जना उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार आइतबार र सोमबार गरेर २ हजार ९ सय १४ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।
जिल्लाका १५ वटा पालिकामा प्रमुख वा अध्यक्षमा १३०, उपप्रमुख वा उपाध्यक्ष १०९, वडाध्यक्ष ६७६, महिला सदस्य ५००, दलित महिला सदस्य ४२१ र खुल्ला सदस्य १०७८ जनाले उम्मेदवारी दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ ।