मेचीनगर, १३ वैशाख । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि झापाको मेचीनगर नगरपालिकामा ३३८ जनाले उम्मेद्वारी दर्ता गरेका छन् ।
मेचीनगरका निर्वाचन अधिकृत वेदराज फुयलका अनुसार अनुसार बैशाख ११ र १२ गते गरेको उम्मेद्वारी दर्तामा सबै पदमा गरी ३३८ जनाको उम्मेद्वारी दर्ता भएको हो ।
नगरप्रमुखमा १० जना र उपप्रमुखमा ८ जनाको उम्मेद्वारी दर्ता भएको निर्वाचन अधिकृत फुयलले बताए । त्यस्तै वडा अध्यक्षमा ८७ जना, खुल्ला सदस्यमा १२८ जना, महिला सदस्यमा ५९ जना र दलित महिला सदस्यमा ४४ जनाको उम्मेद्वारी दर्ता भएको फुयलले जानकारी दिए ।