Logo

स्थानीय तह निर्वाचनको लागि उम्मेदवारी दर्ताको तयारी पूरा: निर्वाचन आयोग



काठमाडौँ, १० वैशाख । निर्वाचन आयोगले सबै पालिकामा उम्मेदवारी दर्ताको लागि तयारी पूरा भएको बताएको छ ।

आज आयोजित नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सबै जिल्लामा मुख्य निर्वाचन अधिकृत र सात सय ५३ वटै पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेर उम्मेदवारी दर्ताको तयारी पूरा भएको बताए ।

आयोगले आइतबार र सोमबार बिहान ११ बजेदेखि बेलुकी पाँच बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकेको छ । यस्तै आयोगले आफूलाई अनुकूल समयमा मनोनयन दर्ता गर्न अपिल गरेको छ । कतिपय ठाउँमा उम्मेदवारी दर्ताको लागि गोलाप्रथाबाट दलहरुलाई समय छुट्याएको भन्ने जानकारी आएको भन्दै आयोगले यसरी समय विभाजन नगर्न भनेको छ ।

आयोगले कानून बमोजिमको योग्यता पुगेका सबै नागरिक उम्मेदवार बन्न पाउने भन्दै निर्धारित दुई दिनमध्ये उम्मेदवारको अनुकूल समयमा उम्मेदवारी दर्ता गर्नुपर्ने जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्