Logo

स्थानीय तह निर्वाचनमा कांग्रेस सबैभन्दा ठूलो दल: पौडेल



काठमाडौँ, २६ जेठ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले स्थानीय तह निर्वाचनमा कांग्रेस सबैभन्दा ठूलो दलका रूपमा स्थापित भएको बताएका छन् ।

कांग्रेसले गठन गरेको स्थानीय तह केन्द्रीय निर्वाचन परिचालन समिति अन्तर्गतको अनुगमन, मूल्याङ्कन तथा सुपरिवेक्षण उपसमितिका संयोजकसमेत रहेका नेता पौडेलले बिहीवार काठमाडौँमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै यस्तो बताएका हुन् । वडाध्यक्षले प्राप्त गरेको मतको आधारमा कांग्रेस सबैभन्दा ठूलो दल भएको उनले बताए ।

यो उपसमितिले पालिका निर्वाचनको अध्ययन र विश्लेषण गरेर पार्टीलाई प्रतिवेदन बुझाएको केन्द्रीय सदस्य पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्