Logo

स्थानीय तह निर्वाचनमा राप्रपा एक्लै लडेको हो: लिङ्देन



विराटनगर, १४ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले स्थानीय तह निर्वाचनमा पार्टी एक्लै लडेको बताए ।

मोरङको विराटनगरस्थित विमानस्थलमा आज सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै उनले राप्रपाले केही स्थानीय तहमा मात्र रणनीतिकरुपमा गठबन्धनलाई प्रयोग गरेको स्पष्ट पारेका छन् ।

अध्यक्ष लिङ्देनले नेपाली कांग्रेस र नेकपा (एमाले)ले राप्रपालाई हेप्ने गरेको उल्लेख गर्दै राप्रपा पनि आवश्यक छ भन्नका लागि कतिपय स्थानीय तहमा प्रयोगका रुपमा ती दलसँग तालमेल भएको धारणा राखेका हुन् । राष्ट्रको आफ्नो परराष्ट्र नीति असंलग्नको सिद्धान्तका आधारमा हुनुपर्नेमा जोड दिदै उनले मुलुकको वैदेशिक सम्बन्ध सन्तुलन हुनुपर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्