Logo

स्थानीय तह निर्वाचन: आज र भोलि उम्मेदवारी मनोनयन दर्ता



काठमाडौँ, ११ वैशाख । पाँच वर्षका लागि नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी मनोनयन दर्ता सुरु हुँदैछ ।

आउँदो ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आज र भोलि बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म देशभरका पालिकामा राजनीतिक दलले उम्मेदवारी मनोनय दर्ता गर्नेछन् ।

मनोनयन गर्दाका लागि निर्वाचन आयोगले आज र भोलि तोकेको हो । देशभर ६ महानगरपालिका, ११ वटा उपमहानगरपालिका, दुई सय ७५ नगरपालिका र चार सय ६० गाउँपालिकामा ६ हजार सात सय ४३ वडा छन् । निर्वाचनमा मेयर, उपमेयर, वडा अध्यक्ष र वडा सदस्य गरी ३५ हजार दुई सय २१ जनप्रतिनिधि निर्वाचित हुनेछन् ।

हरेक वडामा अध्यक्ष र चार सदस्य हुन्छन् । उम्मेदवारले एक जना समर्थक र एक जना प्रस्तावकको हस्ताक्षरसहित निर्वाचन अधिकृत समक्ष मनोनयन दर्ता गराउनु पर्छ । मनोनयन पत्रका साथ उम्मेदवारले कुनै प्रकारको सरकारी सेवा तथा सुविधा नलिएको स्वघोषणा गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्