मेचीनगर, २३ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (एमाले) मेचीनगरको चुनावी प्रचार अभियान जारी छ । प्रचार अभियान अन्तर्गत शुक्रबार वडा नम्बर १२ का विभिन्न स्थानमा कोणसभा सम्पन्न भएको छ ।
प्रचार अभियानमा नगरप्रमुखका उम्मेदवार गोपालचन्द्र बुढाथोकी, उपप्रमुखका उम्मेदवार मिना पोखरेल उप्रेती, संसद पवित्रा निरौला खरेल, एमालेका केन्द्रीय सल्लाहकार परिषद् सदस्य विष्णु प्रसाई, भीम खवास, एमालेका जिल्ला सदस्य घनश्याम अधिकारी, सम्बन्धित वडाका वडाध्यक्ष तथा सदस्यका उम्मेदवार, नेता, कार्यकर्ताको उपस्थिति रहेको थियो ।
शुक्रबार वडा नम्बर १२ को सहरेडाँगी चोक, धाइजन चोक, नयाँबस्ती, साविकको धाइजन ४ र कालिझोडा लगायत विभिन्न स्थानमा कोणसभाको आयोजना गरीएको एमाले मेचीनगर-१२ का अध्यक्ष धनबहादुर तामाङले जानकारी दिए ।
वडा नम्बर १२ मा एमालेबाट वडाध्यक्षमा मधुसुदन निरौला उम्मेदवार रहेका छन् । यस्तै, महिला सदस्यमा मिना लामा र दलित महिला सदस्यमा कृष्णमाया बराइली, वडा सदस्यहरुमा खुल्लातर्फ मनोज खरेल र विशुलाल मेचे रहेका छन् ।