Logo

स्थानीय तह निर्वाचन: कमल गाउँपालिकामा गठबन्धनको अग्रता



झापा, ३१ वैशाख । कमल गाउँपालिकामा जारी मतगणनामा नेपाली कांग्रेसले अग्रता लिएको छ ।

वडा नम्बर १ मा खसेको मत ३५०८ मध्ये ३०० मत गणना हुँदासम्म कांग्रेसका उम्मेदवार हुकुमसिंह राईले १७० मत ल्याउँदै अग्रता लिएका हुन् ।

कांग्रेस, माओवादी, जसपा, लिम्बूवानबाट गठबन्धनका तर्फबाट उम्मेदवार बनेका राईका प्रतिष्पर्धी नेकपा एमालेका उम्मेदवार भिम राईले ६७ मत प्राप्त गरेका छन् । त्यहाँ राप्रपाका उम्मेदवारले १७ मत ल्याएका छन् ।

यसैगरी, उपाध्यक्षमा गठबन्धनकै उम्मेदवार पर्शुराम सुवेदीले १२३ र उनका प्रतिद्वन्द्वी प्रमिला तिवारीले ७८ मत ल्याएकी छन् । राप्रपाले २० मत पाएको छ ।

प्रतिक्रिया दिनुहोस्