पाँचथर, १४ वैशाख । पाँचथरमा स्थानीय तह निर्वाचनका लागि विभिन्न पदमा ९०६ जनाले उम्मेदवारीको मनोनयन दर्ता गराएका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय फिदिमका अनुसार १४ वटा वडा रहेको फिदिम नगरपालिकामा सबैभन्दा बढी २३७ जनाको उम्मेदवारी परेको छ । फिदिम नगरपालिकामा नगर प्रमुख पदमा छ जना र उपप्रमुख पदमा चार जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
यस्तै १४ वटा वडाका वडाध्यक्षको पदमा ५६ जनाले उम्मेदवारी दिएका छन् १४ जना महिला सदस्य पदमा ४४ जना, दलित महिला सदस्य पदमा ३० जना तथा प्रत्येक वडामा दुई/दुई जनाका दरले रहने सदस्य पदमा ९७ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।