Logo

स्थानीय तह निर्वाचन: बुद्धशान्तिको अध्यक्षमा सात जनाको उम्मेद्वारी दर्ता



बुद्धशान्ती, १२ वैशाख । बुद्धशान्ति गाउँपालिका स्थित निर्वाचन अधिकृतको कार्यलयमा आज मनोनयन दर्ता पूरा भएको छ ।

साँझ ५ बजे सम्मको समय तालिका तोकिएपनी झन्डै ७ बजेसम्म मनोनयन दर्ता भएको थियो।

निर्वाचन कार्यलयले दिएको पछिल्लो जानकारी अनुसार अध्यक्ष पदका लागि ७ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यस्तै उपाध्यक्षमा ११ जना र ७ वडाका अध्यक्ष पदका लागि ३९ जनाले मनोनयन दर्ता गराएका छन् ।

वडा सदस्यमा मनोनयन दर्ता भएकाहरूको नामवली अबको केही समयमा आउने सहायक निर्वाचन अधिकृत युवराज कट्टेलले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्