Logo

स्थानीय तह निर्वाचन: भद्रपुर-१ मा एमालेको प्यानल नै विजयी



झापा, ३१ वैशाख । भद्रपुरमा नेकपा (एमाले)ले विजयी शुरुवात गरेको छ । भद्रपुर वडा नम्बर १ मा एमालेको वडा अध्यक्षसहित प्यानल नै निर्वाचित भएको छ ।

वडा अध्यक्षमा एमालेका राम अधिकारी निर्वाचित भएका हुन् । उनले ९३७ मत ल्याइ निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेस-माओवादी गठबन्धनका उम्मेदवार मेदनीप्रसाद शिवाकोटीले ५७७ र राप्रपाका दलबहादुर लिम्बुले ६५८ मत ल्याएका छन् ।

शिवाकोटी माओवादीबाट उम्मेदवार बनेका थिए । वडा सदस्यहरूमा एमालेका टीका भण्डारी, दिलबहादुर लिम्बु, सीता गुरुङ र अम्बिका विश्वकर्मा निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्