चितवन, ३१ वैशाख । भरतपुर महानगरपालिकामा गठबन्धनका तर्फबाट मेयरमा उम्मेदवारी दिएकी नेकपा माओवादी केन्द्रकी रेनु दाहालले अग्रता लिएकी छन् ।
भरतपुर महानगरपालिका-१ मा ३ सय ५० मत गन्दा रेनु दाहालले १ सय ३३ मत प्राप्त गरेकी छन् । एमालेका उम्मेदवार विजय सुवेदी १ सय २७ मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४१ मत प्राप्त गरेका छन् ।
यस्तै उपमेयरमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका चित्रसेन अधिकारीले १ सय ६३ र राप्रपाकी हिमला गुरुङले ९१ मत प्राप्त गरेका छन् ।