Logo

स्थानीय तह निर्वाचन: भोट माग्दै घरदैलोमा गठबन्धनका उम्मेदवार



मेचीनगर, १६ वैशाख । मेचीनगर नगरपालिका वडा नं.८ का सत्ता गठबन्धनका साझा उम्मेदवारहरुले घरदैलो अभियानलाई तिब्रता दिएका छन् ।

आगामी वैशाख ३० गते हुन् गईरहेको स्थानीय तह निर्वाचनको लागि गठबन्धनका वडा नं. ८ का वडाध्यक्षका उम्मेदवार गिरिराज धमला, वडा सदस्यका उम्मेदवारहरु हरदेव राजवंशी, पवन मेचे, महिला वडा सदस्यका उम्मेदवार पिंगला बारकोटी गिरी र दलित महिला सदस्यका उम्मेदवार तुलसा पौडेल नेपालीले चुनावी अभियानलाई तिब्रता दिएका हुन् ।

बुधबारबाट सुरु भएको सत्ता गठबन्धनको चुनावी अभियान अन्र्तगत शुक्रबार सालघारीबाट सुरु भएको घरदैलो कञ्चनजंग टोलमा पुगेर सम्पन्न भएको चुनाव प्रचारप्रसार समितिका संयोजक हेम कोइरालाले जानकारी दिए ।

उक्त चुनावी घरदैलो अभियानमा संविधान सभा सदस्य चन्दलाल मेचे, आर्थिक परिचालन समिति संयोजक शुक्रराज इदिंगो, जसपाका वरिष्ठ नेता राजेन्द्र इदिंगा र सत्ता गठबन्धनका कार्यकर्ता लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्