Logo

स्थानीय तह निर्वाचन: भोट माग्दै घरदैलोमा एमालेका उम्मेदवार



मेचीनगर, २२ वैशाख । मेचीनगर नगरपालिका वडा नं.७ का नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवारहरुले घरदैलो अभियानलाई तिब्रता दिएका छन् ।

आगामी वैशाख ३० गते हुन् गईरहेको स्थानीय तह निर्वाचनको लागि एमालेका वडा नं.७ का वडाध्यक्षका उम्मेदवार प्रल्हादमणी ओली, वडा सदस्यका उम्मेदवारहरु पूर्णलाल राजवंशी, अर्जुन कार्की, महिला वडा सदस्यका उम्मेदवार मिनमाया सुब्बा र दलित महिला सदस्यका उम्मेदवार शान्ता दर्जीले चुनावी अभियानलाई तिब्रता दिएका हुन् ।

वैशाख १२ गतेबाट सुरु भएको एमालेको चुनावी अभियान अन्र्तगत बिहीबार मदन बस्तीको उत्तर साइडबाट सुरु भएर करुणा वस्ती हुँदै सिद्धार्थ वस्तीमा पुगेर समापन भएको एमालेका वडा नं.७ का अध्यक्ष हाकिमप्रसाद तिम्सिनाले जानकारी दिए ।

उक्त चुनावी घरदैलो अभियानमा एमालेका प्रदेश कमिटी सदस्य बन्दनकुमार मण्डल, एमाले मेचीनगर उपाध्यक्ष दिनेश राजवंशी, नगर सदस्य प्रकाश आले मगर, सोम ओली, पार्टीका कार्यकर्ता लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्