Logo

स्थानीय तह निर्वाचन: मेयरका प्रत्यासीद्वय इन्द्र र गोपालले गरे मतदान



मेचीनगर, ३० वैशाख । मेचीनगरका प्रमुख पदका दुई उम्मेद्वार इन्द्र बुढाथोकी र गोपाल बुढाथोकीले आ-आफ्नो गृह मतदान केन्द्रमा मतदान गरेका छन् ।

नेपाली कांग्रेसका मेयरका उम्मेद्वार इन्द्र बुढाथोकीले मेचीनगर वडा नं.१० को शिशु साक्षर मतदान केन्द्रमा मतदान गरेका छन् ।

नेकपा माओबादी केन्द्र र जनता समाजबादी पार्टीसहितको गठबन्धनका उम्मेद्वार उनले खयरडाँगीस्थित शिशु साक्षर आधारभूत विद्यालय मतदान केन्द्रमा मतदान गरेका हुन् ।

त्यस्तै मेयर पदका नेकपा एमालेका उम्मेद्वार गोपाल बुढाथोकीले मेचीनगर वडा नंं ९ स्थित हरि आधारभूत विद्यालय मतदान केन्द्रमा पुगेर मतदान गरेका छन् ।

नेकपा एमालेको तर्फबाट उम्मेद्वार बनेकी मीना उप्रेती पोखरेलले वडा नं.६ स्थित काँकरभिट्टा क्याम्पस मतदान केन्द्रमा मतदान गरेकी छन् ।

यसैगरी, नेपाली कांग्रेस र जनता समाजबादी पार्टीसमेतको गठबन्धनबाट उम्मेद्वार बनेका नेकपा माओबादी केन्द्रका प्रकाश भण्डारीले वडा नं.९ को कवि शिरोमणि मावि मतदान केन्द्रमा मतदान गरेका हुन् ।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मेचीनगरको उपमेयर पदकी उम्मेद्वार सबिना बजगाईले चारआलीस्थित सहिद दशरथ मतदान केन्द्रमा मतदान गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्