काठमाडौँ, ४ चैत । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन कार्यक्रम तयार पारेको छ ।
आयोगले शुक्रबार पारित गरेको तर सार्वजनिक गर्न बाँकी रहेको कार्यक्रम अनुसार २०७९ बैशाख ११ र १२ गते उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने तालिका छ । सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा विहान १० देखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिनेछ ।
मनोनयनपत्र जाँचबुझ र त्यसविरुद्ध परेका उजुरी छानबिन गरी उम्मेदवारको प्रारम्भिक नामावली बैशाख १५ गते प्रकाशित हुनेछ ।
उम्मेदवारलाई नाम फिर्ता लिन वैशाख १६ गतेको समय दिइएको छ । सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरी वैशाख १७ गते निर्वाचन चिन्ह दिने तालिका छ ।