
काठमाडौँ, ३ जेष्ठ । काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता कायमै छ ।
पछिल्लो मत परिणाम अनुसार बालेन शाहले ९ हजार ६ सय १४ मत पाएका छन् । एमाले बाट उम्मेदवार बनेका केशव स्थापित भन्दा झन्डै साढे चार हजार मतले अगाडि छन् ।
स्थापितले अहिलेसम्म ५ हजार १ सय ५७ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसकी सिर्जना सिंहले ४ हजार ४ सय ७७ मत प्राप्त गरेकी छन् ।
त्यस्तै उपमेयरमा एमालेकी सुनिता डङ्गोलको अग्रता कायमै छ ।







