Logo

स्थानीय तह निर्वाचन: हल्दिबारी गाउँपालिकामा राप्रपाको अग्रता



हल्दिबारी, ३१ वैशाख । हल्दिबारी गाउँपालिकाको अध्यक्षमा राप्रपाले अग्रता लिएको छ ।

३०१ मत गणना हुँदा राप्रपाका रविन्द्रप्रसाद लिङदेनले १२९ मत ल्याएका छन् । दोस्रोमा एमालेका डम्बरबहादुर गिरी रहेका छन् । गिरीको मत ११५ रहेको छ ।

त्यस्तै काँग्रेसका तुलसीप्रसाद ओलीले २२ तथा माओवादीका भवानीप्रसाद दंगालले १२ मत ल्याएका छन् ।

त्यसैगरी उपाध्यक्ष पदमा एमालेका शान्ता देवी गौतमको ११६, राप्रपाका लक्ष्मीदेवी मैनालीको ९१, स्वतन्त्र उम्मेद्वार लखन हेमरमको २९ तथा माओवादीका टिकादेवी राउतको १५ मत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्