Logo

स्थानीय तह निर्वाचन: हालसम्म ६० हजार ९५० जनाको उम्मेदवारी



काठमाडौँ, १२ वैशाख । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि झन्डै ६१ हजार जनाले मनोनयन दर्ता गराएका छन् ।

निर्वाचन आयोगलाई बेलुका साढे ६ बजेसम्म प्राप्त भएको विवरणअनुसार ६० हजार नौ सय ५० जनाले मनोनयन दर्ता गराएका छन् ।

मेयर पदमा एक हजार नौ सय १४ जना, उपमेयरमा एक हजार एक सय ७३ जना, गाउँपालिका अध्यक्षमा एक हजार नौ सय ४४ जना र उपाध्यक्ष पदमा एक हजार तीन सय १९ जनाले मनोनयन दर्ता गराएका छन् ।

यस्तै १५ हजार दुई सय ८५ जनाले वडाध्यक्ष, नौ हजार आठ सय ९१ जनाले महिला सदस्य, आठ हजार ६ सय ७४ जनाले दलित महिला सदस्य र खुला सदस्यका लागि २० हजार सात सय ३० जनाले मनोनयन दर्ता गराएका छन् ।

जिल्ला–जिल्लाबाट विवरण आउने क्रम चलिरहेकाले यो सङ्ख्यामा घटबढ हुन सक्ने आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्