Logo

स्थानीय तह निर्वाचन: १४ वटा पालिकाको नतिजा सार्वजनिक



काठमाडौँ, १ जेष्ठ । स्थानीय तह निर्वाचन अन्तर्गत गएरातिसम्म १४ वटा पालिकाको परिणाम सार्वजनिक भएको छ ।

अहिलेसम्म निर्विरोध भएका समेत गरी नेकपा एमालेले ६, नेपाली कांग्रेसले ५, नेकपा एकीकृत समाजवादीले २ र नेकपा माओवादी केन्द्रले १ पालिकाको प्रमुख जितेका छन् ।

मतगणना भैरहेको धेरै जस्तो ठाउँमा कांग्रेसले अग्रता लिएको छ । २६० ठाउँमा कांग्रेसले र १६७ ठाउँमा एमालेले अग्रता लिएको छ । माओवादी केन्द्रले १०३, एकीकृत समाजवादीले १० र जसपाले २३ ठाउँमा अग्रता बनाएका छन् ।

एमाले :

मुस्ताङको लोमान्थाङ गाउँपालिका
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र
मनाङको मनाङ ङिस्याङ गाउँपालिका
मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका
मनाङको चामे गाउँपालिका
डोल्पाको शे फोक्सुन्डो गाउँपालिका (निर्विरोध)

नेपाली कांग्रेस :

गुल्मीको रेसुंगा नगरपालिका
डडेलधुराको गन्यापधुरा गाउँपालिका
मनाङको नासोमा गाउँपालिका
मुस्ताङको घरपझोङ गाउँपालिका
मनाङको नार्पाभूमि गाउँपालिका

माओवादी केन्द्र :

डोल्पाको जगदुल्लाह गाउँपालिका

एकीकृत समाजवादी :

डोल्पाको काइके गाउँपालिका (निर्विरोध)
डोल्पाको छार्का ताङसोङ गाउँपालिका (निर्विरोध)

प्रतिक्रिया दिनुहोस्