
काठमाडौँ, १ जेष्ठ । स्थानीय तह निर्वाचनमा अहिलेसम्म ३२ वटा पालिकाको नतिजा सार्वजनिक भएको छ ।
हालसम्म अध्यक्षमा १३ पालिका जितेर नेकपा एमाले अग्रस्थानमा छ । नेपाली कांग्रेसले ९ वटाको प्रमुखमा जित हासिल गरेको छ । यस्तै माओवादी केन्द्रले आठ र नेकपा एकीकृत समाजवादीले दुई वटा पालिकाको प्रमुख जितेको छ ।
एमाले
१. सोलुखुम्बुको खुम्बुपासाङ ल्हामु गाउँपालिका
२. मनाङ ङिस्याङ गाउँपालिका
३. मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका
४. मनाङको चामे गाउँपालिका
५. मुस्ताङकाे वरागुङ्ग मुक्ति क्षेत्र गाउँपालिका
६. मुस्ताङकाे लोमन्थाङ गाउँपालिका
७. डोल्पाको शे फोक्सुन्डो गाउँपालिका (निर्विरोध)
८. बझाङको साइपाल गाउँपालिका
९. नवलपरासी (बर्दघाट सुस्ता पूर्व) बौदीकाली गाउँपालिका
१०. बझाङको थलरा गाउँपालिका
११. मुस्ताङको थासाङ गाउँपालिका
१२. म्याग्दीको मालिका गाउँपालिका
१३. तेह्रथुमको मेन्छ्यायेम गाउँपालिका
नेपाली कांग्रेस
१. गुल्मीको गुल्मीदरबार गाउँपालिका
२. डडेल्धुराकाे गन्यापधुरा गाउँपालिका
३. मुस्ताङको घरपझोङ गाउँपालिका
४. मनाङको नार्पाभूमि गाउँपालिका
५.गुल्मीको रेसुङ्गा नगरपालिका
६. मनाङको नासो गाउँपालिका
७. हुम्लाको खार्पुनाथ गाउँपालिका
८. डोटीको बडीकेदार गाउँपालिका
९. बागलुङको तमानखोला गाउँपालिका
नेकपा माओवादी केन्द्र
१. दैलेखको नौमुले गाउँपालिका
२. डोल्पाको जगदुल्लाह गाउँपालिका
३. बाग्लुङको ताराखोला गाउँपालिका
४.दार्चुलाको अपी हिमाल गाउँपालिका
५.खोटाङको जन्तेढुङ्गा गाउँपालिका
६.दार्चूलाको नौगाड गाउँपालिका
७. उदयपुरको लिम्चुङबुङ
८. रोल्पाको थवाङ गाउँपालिका
नेकपा (एकीकृत समाजवादी )
१. डोल्पाको काइके गाउँपालिका (निर्विरोध)
२. डोल्पाको छार्का साङतोङ गाउँपालिका (निर्विरोध)







