काठमाडौँ, १२ वैशाख । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि झन्डै ४८ हजार जनाले मनोनयन दर्ता गराएका छन् ।
निर्वाचन आयोगलाई बेलुका ५ बजेसम्म प्राप्त भएको विवरणअनुसार ४७ हजार ६ सय १७ जनाले मनोनयन दर्ता गराएका छन् ।
मेयर पदमा एक हजार ६ सय २३ जना, उपमेयरमा नौ सय ९२, गाउँपालिका अध्यक्षमा एक हजार ६ सय ६ जना र उपाध्यक्ष पदमा एक हजार ४५ जनाले मनोनयन दर्ता गराएका छन् ।
यस्तै १२ हजार एक सय ५१ जनाले वडाध्यक्ष, सात हजार पाँच सय ९९ जनाले महिला सदस्य, ६ हजार ६ सय ३७ जनाले दलित महिला सदस्य र खुला सदस्यका लागि १६ हजार चार जनाले मनोनयन दर्ता गराएका छन् ।
जिल्ला जिल्लाबाट विवरण आउने क्रम चलिरहेकाले यो सङ्ख्यामा घटबढ हुन सक्ने आयोगले जनाएको छ ।