Logo

स्थानीय तह निर्वाचन: ४८ घण्टाअघिदेखि अन्तर्राष्ट्रिय सीमानाका बन्द गरिने



काठमाडौँ, २३ वैशाख । यही वैशाख ३० हुने स्थानीय तह निर्वाचनको ४८ घण्टाअघिदेखि अन्तर्राष्ट्रिय सीमानाका बन्द गरिने भएको छ ।

निर्वाचन आयोगले वैशाख २७ गते राति १२ बजेदेखि अन्तर्राष्ट्रिय सीमाबाट हुने आवतजावत बन्द गर्न गृह मन्त्रालयलाई भनेको छ ।

आयोगको सिफारिस अनुसार मन्त्रालयले मतदानको दिनको ४८ घण्टाअघिदेखि मतदानको कार्य नसकिएसम्म सबै अन्तर्राष्ट्रिय नाका बन्द गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्