कञ्चनपुर, २७ माघ । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले स्थिर सरकार निर्माणका लागि सबैसँग छलफल गर्ने बताएका छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज पदभार ग्रहण गरे लगत्तै उनले नयाँ गठित सरकारलाई निरन्तरता दिन र स्थिर सरकार निर्माण गर्न सबै राजनीतिक दलसँग छलफल गर्ने बताएका हुन् ।
मुख्यमन्त्री शाहले एक महिनाभित्रमा विश्वासको मत लिनेमा ढुक्क रहेको विश्वास व्यक्त गरे । लामो राजनीतिक यात्रापछि आज जनताले विश्वास गरेर मुलुकको व्यवस्थाअनुसार आफू एउटा पदीय जिम्मेवारी र दायित्वमा पुगेको उनको भनाइ थियो ।







