Logo

बहुमतको स्थिर सरकार नभएकाले छानबिनमा आशंका छ: डा.भट्टराई



काठमाडौँ, ३० वैशाख । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले बहुमतको स्थिर सरकार नभएका कारण निष्पक्ष छानबिन हुने कुरामा आशंका उब्जिएको बताएका छन् ।

शनिबार काठमाडौँको नक्सालमा नागरिक अगुवाहरु मिलेर भ्रष्टाचार र भ्रष्टाचार ढाकछोपबिरुद्ध वृहत आन्दोलनमा सहभागी हुँदै उनले यस्तो बताएका हुन् ।

उनले वर्तमान शासकीय स्वरूप र निर्वाचन प्रणालीमा आधारित भइ कुनै पनि दलले बहुमत प्राप्त गर्न नसक्ने भन्दै स्थिर सरकार नहुनाले निष्पक्ष रुपमा भुटानी शरणार्थी प्रकरणबारे छानबिन हुने कुरामा शंका रहेको बताए ।

उनले जनताले यसैगरी खबरदारी गरिरहे भ्रष्टाचारीहरू बच्न नसक्ने बताएका थिए ।

‘आफू अपराधी छैन भने भाग्नु पर्दैन, भागेपछि बेठीक भयो । सडक, सदन र सरकारबाट नै नागरिकले खबरदारी गर्नुपर्छ । हामीले खबरदारी गरिरहे भ्रष्टहरू छुट्दैनन् । हामीले यो गर्नसके राजनीतिक शुद्धीकरण र सुशासनको दिशामा जान सकिन्छ।’ उनले भने, ‘ अहिलेको निर्वाचन प्रणालीले बहुमत हुन पुग्दैन, अस्थिर सरकार त्यसैले आफ्नो सरकार जोगाउनका लागि कार्यकारी प्रमुखले दरोसँग कदम चाल्न सक्दैन । आशंका छ । राज्यको शासकीय स्वरूप र निर्वाचन प्रणालीमा त्रुटी छ ।’

प्रतिक्रिया दिनुहोस्