स्पेन, २४ वैशाख । स्पेनिस कोपा डेल रे फुटबलको उपाधि रियल मड्रिडले जितेको छ ।
सेभियामा गएराति भएको फाइनल खेलमा ओसासुनालाई २-१ गोलले हराउँदै रियलले उपाधि जितेको हो ।
रियलको जितमा दुई वटै गोल रोड्रिगोले गरे । उनले खेलको दोस्रो र ७० औँ मिनेटमा गोल गरेका थिए ।
ओसासुनाका लुकास टोरोले एक गोल फर्काए । रियलले सन् २०१४ पछि पहिलो पटक कोपा डेल रे जितेको हो ।