Logo

स्पेनिस ला लिगा फुटबलको उपाधि रियल मड्रिडलाई



स्पेन, १८ वैशाख । रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलको उपाधि जितेको छ ।

गएराति भएको खेलमा स्पानियोललाई ४-० गोलले हराउँदै रियलले उपाधि जितेको हो ।

घरेलु मैदानमा रियलका रोड्रिगोले दुई तथा मार्कुस एसेन्सियो र करिम बेन्जिमाले एक-एक गोल गरे ।

जितसँगै रियलले ३४ खेलमा ८१ अङ्क जोडेको छ । रियल दोस्रो स्थानको सेभियाभन्दा १७ अङ्कले अघि रहेको छ । ला लिगामा रियल ४ खेल बाँकी रहँदै उपाधि जित्न सफल भयो ।

प्रतिक्रिया दिनुहोस्