स्पेन, १२ वैशाख । स्पेनिस ला लिगा फुटबलमा रायो भालेकानोले बार्सिलोनालाई पराजित गरेको छ ।
गएराति भएको खेलमा बार्सिलोना घरेलु मैदानमा रायो भालेकानोसँग १-० गोल अन्तरले पराजित भएको हो ।
रायो भालेकानोका अल्भारो गार्सियाले खेलको सातौँ मिनेटमा गरेको गोल नै जितका लागि निर्णायक भयो ।
अङ्क तालिकामा तेस्रो स्थानमा रहेको बार्सिलोनाले ३३ खेलमा ६३ अङ्क जोडेको छ । यस्तै, रायो भालेकानो ४० अङ्क जोडेर ११औँ स्थानमा रहेको छ।