Logo

स्पेनिस ला लिगा : रियलको जितमा ज्याकोबो र एम्बाप्पेको गोल



काठमाडौं, १ जेठ । स्पेनिस ला लिगाको बुधबार राति भएको खेलमा रियल म्याड्रिडले रियल मालोर्कालाई २-१ ले हराएको छ।

रियल म्याड्रिडका लागि इन्जुरी समयमा ज्याकोबो रोमानले गोल गरे। म्याड्रिडमा भएको खेलको ११ औँ मिनेटमा मार्टिन भाजलेन्टले मालोर्कालाई अग्रता दिलाएका थिए। म्याड्रिडका लागि केलिएन एम्बाप्पेले ६८ औँ मिनेटमा बराबरी गोल गरेका थिए। इन्जुरी समयमा ज्याकोबोले गरेको गोल निर्णायक बनेको हो।

बिहीबार बार्सिलोनाले इस्पायिनोलसँग खेल्ने छ। सो खेलमा बराबरी मात्र भए पनि बार्सिलोनाले उपाधि जित्ने छ।

बुधबार भएका अन्य खेलमा डेपोर्टिभो अल्भासले भ्यालेन्सियालाई १(० तथा भिल्लारियलले लेगानेसलाई ३(० ले हराएको छ।

 

प्रतिक्रिया दिनुहोस्