Logo

स्याउ उत्पादनदेखि बजारीकरणसम्म सरकारको प्राथमिकतामा: अर्थमन्त्री



जुम्ला, ९ असोज । अर्थमन्त्री जनार्दन शर्माले जुम्लाको स्याउ उत्पादनदेखि बजारीकरणसम्म सरकारको विशेष प्राथमिकतामा रहेको बताएका छन् ।

जुम्ली स्याउको पहिचान र महत्व छुट्टै रहेको उल्लेख गर्दै उनले किसानलाई प्रोत्साहनदेखि सहुलियत कर्जा र उत्पादित बस्तुको बजारीकरणमा सहयोग गर्न सरकार गम्भीर भएर लागिपरेको स्पष्ट पारेका छन् ।

जुम्लाको गुठिचौर गाउँपालिका-५ स्थित गुठीचौर एग्रोफर्मको उद्घाटन गर्न शनिबार जुम्ला पुगेका अर्थमन्त्री शर्माले मुलुकको अर्थतन्त्रलाई उकास्न र बलियो बनाउन कृषि क्षेत्रको योगदान महत्वपूर्ण रहेको उल्लेख गरे । उनले भने, “मुलुकको अर्थतन्त्र सुधारका लागि कृषि क्षेत्रको उल्लेखीय योगदान छ । एक किसानले एक वर्षमा पाँचसय स्याउका बिरुवा रोप्नुपर्छ ।”

कृषि उत्पादन वृद्धिविना मुलुकको आर्थिक समृद्धि सम्भव नभएको उल्लेख गर्दै मन्त्री शर्माले भने, “कर्णालीसँग समग्र मुलुकलाई नै पाल्नसक्ने क्षमता भएकाले कर्णालीमा लगानी बढाउन जरुरी छ ।” उनले किसान पेसन कार्यक्रमलाई दुर्गममा पु¥याउने र किसानलाई उपयुक्त प्रविधि मल बीउ समयमै वितरण गर्ने सरकारको पहिलो काम भएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्