स्याङ्जा, १५ मंसिर । स्याङ्जा निर्वाचन क्षेत्र नं २ मा नेपाली कांग्रेसका धनराज गुरुङले अग्रता कायमै राखेका छन् ।
उनले नेकपा नेकपा (एमाले) की पद्माकुमारी अर्याललाई १ हजार १ सय ३५ मतले पछि पारेका हुन् ।
कांग्रेसका गुरुङले ४ हजार ५९० मत पाएका छन् भने एमालेकी अर्यालको ३ हजार ४५५ मत रहेको छ ।
यस्तै, स्याङ्जा-२ मा स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरुङले १ हजार २१ मत पाएका छन् ।







